यस्तो छ देशभरको मौसमी अवस्था
काठमाडौं । आज देशभरको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली भएको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो रहेको छ।
देशको तराई भूभागका केही स्थानमा हुसु र कुहिरो लागेको भए पनि अपरान्हपछि बिस्तारै हटेर जाने सम्भावना रहेको छ । यसबाट चिसो बढ्ने हुँदा चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज दिउँसो देशभरको मौसममा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
आज राती देशभरको मौसममा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै सोमबार दिउँसो देशभरको मौसममा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै राती प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभागका आंशिक बदली रहि बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ। त्यसैगरी मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बाकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बाकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।