कपिलवस्तुको बाणगंगामा भरुवा बन्दुकसहित अर्घाखाँचीका दुई जना पक्राउ

२०७८ माघ २९ गते, शनिबार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका वडा नं.२ कोठीखोला किनारबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका हुन् ।

बाणगंगा नगरपालिका वडा नं.२ मा अवस्थित मनकामना सामुदायिक वनमा केही व्यक्ति बन्दुकसहित हिडिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.१४ निवासी ५० बर्षीय बीर बहादुर सोमै र सोही वडाका २८ बर्षीय खेमु मगर रहेका छन् । सोमैको साथबाट एक थान खाली भरुवा बन्दुक र मगरको साथबाट एक थान लोडेड भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

113 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal