बाँके र बर्दियामा दुई भारतीय लुटेरा पेस्तोलसहित पक्राउ

२०७८ माघ २९ गते, शनिबार

बाँके । बाँके प्रहरीले शनिवार दुई भारतीय लुटेरालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

जानकी गाउँपालिका–५, बुढियागाउँबाट भारत रुपैडिहा निबियाका २६ वर्षीय डम्बु मनिहार र बाबागञ्ज बाबाकुटीका २८ वर्षीया निजामुद्दिन कवडियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले बर्दिया बढैयातालका पर्शुराम सार्कीको घरबाट पुस २९ मा ३ लाख ३५ हजार नगद र सुन लुटेका थिए । त्यस्तै माघ १७ गते बाँके खजुरा डी गाउँका हरिप्रकाश विकको घरबाट ५० हजार नगद र मोटरसाइकल लुटेको प्रहरीले जनाएको छ । सो मोटरसाइकल भोलिपल्ट ९माघ १८० साँझ बर्दियाको बढैयातालनजिकको पोखरीमा फेला परेको थियो ।

पक्राउ परेको उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

65 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal