कपिलवस्तुबाट बेपत्ता भएका कञ्चनपुरका ४५ बर्षीय भान सिंह अझै सम्पर्कमा आएनन्

२०७८ माघ २९ गते, शनिबार

कपिलवस्तु । गत माघ २१ गते कपिलवस्तुको जग्दिसपुरबाट बेपत्ता भएका कञ्चनपुरका ४५ बर्षीय भान सिंह कडायत अझै फेला परेका छैनन् ।

माघ २० गते राति पोखराबाट कञ्चनपुर हिडेका भान सिंह २१ गते कपिलवस्तुको जग्दिसपुरबाट बेपत्ता भएका थिए । उनको खोजी कार्य जारि रहेता पनी आजसम्म फेला नपरेको बेपत्ता भान सिंहका जेठा छोरा रमेश कडायतले बताए ।

खोजीका लागी कपिलवस्तुका बिभिन्न स्थानमा गएर पोष्टर टासिँएको र केही सन्चारमाध्यम मार्फत सुचना सम्पे्रषण गर्दा पनी आशाको किरण फेला नपरेको छोरा रमेश बताउँछन् । रमेशले बेपत्ता भएको सुचना प्रसारण गर्नका लागी बिभिन्न युट्युबहरुलाई सम्पर्क गरेको तर कुनै वास्ता नगरि बारम्बार फोन गर्दा पनी नउठाएको गुनासो गरेका छन् । आपतको बेला सहयोग नगर्ने युट्युबहरु के कामका भन्दै उनले आको्रश समेत ब्यक्त गरेका छन् । परिवार संगै आफन्तहरु बेपत्ता भएको दिनबाट नै खोजीमा तत्पर रहेका छन् ।

गहुँ गोरो बर्णका भएका भान सिंह कडायतले रातो टिसर्ट,कालो पाईन्ट, खैरो रङ्को जुता,सेतो क्याप र खरानी रङ्को ज्याकेट लगाएको पारिवारिक स्रोतले बताएको छ । उनको अन्दाजी उचाई ५.५ फिट रहेका छ ।

भान सिंहका छोरा रमेशले दुखद समयमा बुवाको खोजी कार्यमा सहयोग गर्नका लागी सम्पुर्ण सन्चारमाध्यम,प्रहरी लगाएत सर्बसाधरण लगाएतलाई अनुरोध गरेका छन् । फेला पार्नुहुने जो कसैले पनी नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८६३४०२४०८,९८६८७७५६०८ र ९७४५४५०५३५ मा सम्पर्क गरि सहयोग गर्न अपिल गरेको छन् ।

74 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal