एमसीसी पास गर्न एमाले र माओवादी केन्द्रको मौन स्वीकृति: वैद्य

२०७८ माघ २९ गते, शनिबार

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रले एमसीसीमा मौन स्वीकृति जनाएको बताएका छन्। शनिबार विज्ञप्ती जारी गर्दै वैद्यले यस्तो बताएका हुन्। उनले भने, ‘एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएका छन्। यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो।’

सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाँडो र नाङगो हस्तक्षेप भइरहेको बताए। उनले भने, ‘हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भत्र्सना र घोर विरोध गर्दछ। साथै देशको राष्ट्रिय स्वाधीनतामाथि गंभीर खतरा मडारिइरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन हामी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समुदाय र व्यक्तित्वहरुमा हार्दिक अपील गर्दछौं।’

70 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal