यूएईसँगको खेलमा नेपालले टस जित्यो,टोलीमा तीन परिवर्तन
काठमाण्डौ । चार देशीय टी–२० क्रिकेटमा यूएईसँगको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
ओमानको अलअमिरात मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । लोकेश बम, स्पिनर साहब आलम र जितेन्द्र मुखियालाई आजको खेलमा मौका दिइएको छ ।
अभिनाष बोहोरा, सागर ढकाल र प्रदीप ऐरी बेन्चमा रहेका छन् ।
नेपालले हिजो भएको पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो । टी–२० मा नेपाल र यूएईबीच तीन खेल भएकोमा नेपालले दुईमा जित र एउटामा हार बेहोरेको छ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीचको टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।
नेपालले श्रृङ्खलाको अन्तिम खेलमा पर्सि सोमवार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी–२० विश्व कप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ अघि नेपालले चार देशीय श्रृङ्खला खेलेको हो ।