दाङमा जन्ती बोकेको जीप दुर्घटना, २२ जना घाइते

२०७८ माघ २९ गते, शनिबार

दाङ । दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

घाइते सबैको लमहीमा उपचार भइरहेको छ ।

भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप हिजो बेलुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

86 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal