चार देशीय टी-२० सिरिज स् नेपालले आज यूएईसँग खेल्दै

२०७८ माघ २९ गते, शनिबार

काठमाडौं । ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशिय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ ।

खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११:४५ बजे सुरु हुनेछ ।

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो । त्यही लय कायम राख्दै प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ ।

यूएई भने सिरिजमा पहिलो खेल खेल्दैछ । शुक्रबारै तय भएको युएई र आयरल्याण्डको खेल प्राविधिक कारणले हुन सकेन र आइतबारको लागि सारिएको छ ।

72 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal