लोसपा कपिलवस्तुको ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन

२०७८ माघ २८ गते, शुक्रबार

प्रिन्स मिश्रा,कपिलवस्तु । लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले कपिलवस्तु जिल्लामा कार्यसमिति गठन गरेको छ ।

शुक्रबार बसेको लोसपा कपिलवस्तुको बैठकले कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहरिको अध्यक्षता र लोसपाको जिल्ला पर्यवेक्षक मधुसूदन सरण चौधरीको रोहबरमा ३५ सदस्यीय समिति गठन गरेको हो ।

उपाध्यक्षमा शिवकुमार गुप्ता , चिन्नीलाल विश्वकर्मा , शिव भक्त ठाकुर ,दीपेंद्र नाथ शुक्ल ,सलीम मुशलमान ,सर्बजीत चौधरी ,अब्दुल खान र सचिवमा रजनीश पाण्डेय , सहसचिवमा आमिर हम्जा मुशलमान , राजमती यादव , कोषाध्याक्षमा मन्जु मिश्रा , सहकोषाध्याक्षमा सन्नो अग्रहरि लगायत ३५ जनाको जिल्ला कार्यसमिति गठन गरिएको जिल्ला अध्यक्ष कैलाश अग्रहरिले जानकारी दिनुभएको छ ।

127 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal