प्रेस चौतारी भोजपुरमा नयाँ नेतृत्व, अध्यक्षमा मोहन दुराल
२०७८ माघ २८ गते, शुक्रबार
भोजपुर । प्रेस चौतारी नेपाल भोजपुरको अध्यक्षमा मोहन दुराल सर्वसम्मत चयन भएका छन् ।
आज सम्पन्न चौथो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मकर तामाङ र मेनुका लुइँटेल चुनिएका छन् । सचिवमा प्रदीपचन्द्र राई, उपसचिव बबिता तामाङ र अर्जुन राई आएका छन् ।
सदस्यहरूमा प्रजन राई, दिपेश राई, प्रेमकुमारी खड्का छन् ।
जिल्ला अधिवेशन नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
50 Views