अध्यक्ष ओलीको दाबी: ‘स्थानीय तहमा अब एमालेको एक्लै बहुमत’

२०७८ माघ २८ गते, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत हासिल गर्ने बताउनुभएको छ ।
स्थानीय तहको निर्वाचनको तयारी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

‘गठबन्धन तोडेर होइन,गठबन्धन कायम गरेरै हामी जित्ने र्छौं,’ गठबन्धन तर्फ लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हारेपछि भाग्ने ठाउँ कहीं छ भने खोजे हुन्छ तर निर्वाचनबाट चाँही हामी भागन दिदैनौ ’

२०७४ निर्वाचनमा एमाले एक्लैले ४१.२८ प्रतिशत स्थानमा जित हासिल गरेको स्मरण गर्दै अध्यक्ष ओलीले यस वर्ष त्यो भन्दा धेरै स्थानमा जित हासिल गरिने बताउनुभयो ।

ओलीले निर्वाचनको स्थानीय तहको निर्वाचनबाट एमालेले प्रतिक्रियावादीहरुलाई हराउन सुरु गर्ने बताउनुभएको छ । सबै प्रदेशमा एकसाथ स्थानीय तहको निर्वाचनको तयारी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको दबाबले मात्रै सरकार निर्वाचन घोषणा गर्न बाध्य भएको उल्लेख गर्नुभयो । ‘स्थानीय तहको निर्वाचनबाट प्रतिक्रियावादी र परमादेशीहरुलाई हराउन सुरु गरिनेछ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘संघ र प्रदेशको निर्वाचनसम्म पुग्दा एमालेले सिंगो देशलाई नेतृत्व गर्ने अवस्थामा पग्दछ ।’

67 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal