चितवनको एक कुखुरा फर्ममा बर्ड फ्लु देखियो

२०७८ माघ २८ गते, शुक्रबार

चितवन । राप्ती नगरपालिका-६ स्थित एक कुखुरा फर्ममा बर्ड फ्लु देखिएको छ। भेटिरीनरी तथा पशु विज्ञ केन्द्र चितवनका निमिक्त प्रमुख डा. प्रभात न्यौपानेले उक्त फर्ममा बर्ड फ्लु (एचफाइएनवन) देखिएको जानकारी दिए।

गत माघ २५ गते नमुना परीक्षण गरिएकोमा २७ गते बर्ड फ्लु पुष्टि भएको थियो। बर्ड फ्लु देखिएपछि त्यसलाई नियन्त्रणमा लिने कार्य सुरु भएको डा। न्यौपानेले बताए। उक्त फर्मको १०० मिटर वरपरका पंक्षी नष्ट गर्ने काम शुक्रवार गरिने उनको भनाइ छ। उक्त फर्ममा झण्डै दुई हजार कुखुरा पालिएको छ।

73 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal