पानी उद्योगमा आगलागी हुँदा २३ लाख बढीको क्षति

२०७८ माघ २८ गते, शुक्रबार

रौतहट । विहीवार राति सर्लाहीको एउटा पानी उद्योगमा आगलागी हुँदा २३ लाखभन्दा बढीको क्षति भएको छ। सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारीमा रहेको पानी उद्योगमा विद्युतको तार सर्ट भई आगो लागेको प्रहरीको भनाइ छ।

पिडारीमा संचालनमा रहेको राजश्री प्रोडक्सन पानी उद्योगमा विहीवार राति करिब सबा एघार बजे विद्युत सर्ट भई आगो लागेको हो। आगलागीले ३ लाख ३० हजार नगद रुपैया जल्नुको साथे तिन वटा मेसिन पनि जलेको छ।

पानी उद्योगमा आगोले २३ लाख ३० हजारको क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगोले उद्योगमा थप भौतिक क्षति पुर्‍याएको छ। राति करिब पौने १२ बजे स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो। आगोले पानी उद्योगलाई बर्बाद पारेकोले उत्पादन बन्द भएको छ।

67 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal