फरार अपराधी सर्लाही प्रहरीद्वारा पक्राउ

२०७८ माघ २८ गते, शुक्रबार

रौतहट । सर्लाही प्रहरीले अदालतबाट कैद सजाय पाएको एक फरार अपराधीलाई पक्राउ गरेको छ। सर्लाहीको हरिवन नगरपालिका ११ का करिब ३५ वर्षीय बुधन भन्ने शेख हमिदलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतमा पेश गरेको छ।

२०७४ पुस ९ मा सर्लाही जिल्ला अदालतले गरेको फैसलाअनुसार बुधन चोरी मुद्दामा सजाय पाएका थिए। एक महिना कैद र ६० हजार रुपैया जरिवाना भएका बुधन मुद्दाको फैसला भएदेखि नै फरार रहेका थिए।

लुकीछिपी घरमै बसेको सूचनाको आधारमा सर्लाही प्रहरीले बुधनलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएपछि सर्लाही प्रहरीले बुधनलाई नियमानुसार कैद जरिवान असुल उपरको लागि सम्मानित सर्लाही जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि माधव प्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

68 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal