आजदेखि तानसेन–तम्घास सडक ६ घण्टा बन्द हुने

२०७८ माघ २८ गते, शुक्रबार

पाल्पा । तानसेन–तम्घास सडकखण्ड आजदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेभीर क्षेत्रको कडा चट्टान काटेर सडक स्तरोन्नती गर्न फागुन १३ गतेसम्म सडक बन्द हुने भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै हरेक दिन बेलुका ९ बजेदेखि बिहान साढे तीन बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको जनाएको छ । माघ २८ गतेदेखि फागुन १३ गतेसम्मका लागि दैनिक साढे छ घण्टाका दरले १५ दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालद्वारा जारी सूचनामा उल्लेख छ ।

68 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal