सुनाकोठीको बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो
२०७८ माघ २८ गते, शुक्रबार
काठमाण्डौ । ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएको छ ।
मन्दिरबाट गएको माघ ९ गतेदेखि हराएको बालकुमारीमाईको मूर्ति फेला परेको हो ।
बालकुमारीमाईको मूर्ति हात्तीवनको कात्तिक तार, सशस्त्र प्रहरी क्याम्प, क्यासिक टावरसँगै भेटिएको प्रदेश सांसद राजकाजी महर्जनले बताउनु भयो।
आज बिहान स्थानीयले क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
मूर्ति भेटिएपछि प्रमुख जिल्ला अधिकारी घनश्याम पोखरेल र प्रहरी परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेल लगायत हात्तीवन पुग्नुभएको थियो।
56 Views