तीन वटा प्रदेशमाबाहेक आज मौसम सफा रहने

२०७८ माघ २८ गते, शुक्रबार

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने छ ।

यी तीन वटा प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षासँगै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ ।

86 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal