मन्त्री आलेद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

२०७८ माघ २८ गते, शुक्रबार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा केही दिनदेखि उपचार गराइरहेका जोशीलाई बिहीबार मन्त्री आलेले भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सो अवसरमा मन्त्री आलेलाई जानकारी गराएका थिए। सो अवसरमा उनले जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको मन्त्री आलेको सचिवालयले जनाएको छ।

92 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal