एमालेको आजदेखि स्थानीय निर्वाचन केन्द्रीत कार्यक्रम सुरु

२०७८ माघ २८ गते, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थानीय तहको निर्वाचनका बिषयमा पार्टीका केन्द्र र प्रदेशका नेताहरुलाई भर्चुअल सम्बोधन गर्नुहुने भएको छ ।

प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीले आयोजना गर्न लागेको स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको तयारी स्वरुप आजको कार्यक्रम हुन लागेको हो ।

भुर्चअल बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी,सदस्यहरु,प्रदेश कमिटीका पदाधिकारी,संघीय र प्रदेश सभासदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणका लागि तोकिएका सहभागी हुनुहुनेछ ।

एमालेको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको छ । कार्यक्रम फागुन १ गते प्रदेश १ बाट सुरु हुदैछ ।

189 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal