सामुदायिक वनमा चितुवा मृत फेला

२०७८ माघ २७ गते, बिहीबार

बर्दिया । जिल्लाको खाता जैविक मार्गअन्तर्गत मधुवन नगरपालिका ५ खैरेनी सामुदायिक वनमा एउटा वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्ला वन कार्यालयका अनुसार चितुवा आपसमा जुधेर मरेको हुन सक्ने आशंका गरिएको छ ।

जिल्ला वन अधिकृत प्रविण बिडारीले उक्त चितुवा केही दिनअघि मरेकाले गह्नाएको अवस्थामा स्थानीयले देखेपछि जानकारी गराएको बताए । चितुवा मारिएको अवस्थामा फेला परेकाले अनुसन्धान भइरहेको छ, ‘उनले भने‚ ‘चितुवाको अंंग सबै सुरक्षित रहेको छ ।’

वन कार्यालयका अनुसार मृत फेला परेको चितुवा ६ फिट ९ इन्च चौडाई, २ फिट ८ इन्च उचाई, २ फिट ७ इन्च गोलाइ र झन्डै ६५ किलो तौल भएको थियो ।

73 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal