सिद्धबाबा नजिकै स्काभेटरमा ४० वर्षीय एक युवाको शव फेला

२०७८ माघ २७ गते, बिहीबार

बुटवल । पाल्पाको तिनाउ-३ स्थित तल्लो सिद्धबाबा नजिकै एक युवा मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको कालिगण्डकी-३ ठेकरदीका ४० वर्षीय अर्जुन घर्ती गएराति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तल्लो सिद्धबाबा नजिकै सडक छेउमा पार्किङ गरेर राखिएको स्काभेटरमा ज्याकेटको टोपीमा रहेको रसीले पासो लगाएर झुण्डिएको अवस्थामा घर्तीलाई भेटिएको थियो । स्थानीयले देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेका थिए । बुधबार राति करिब १० बजेको समयमा भेटिएको उनको शवलाई थप अनुसन्धानका लागि पोष्टमार्टम गर्न पठाइएको प्रहरीले जनाएको छ ।

70 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal