आगलगीमा आठ लाखको धनमाल नष्ट
२०७८ माघ २७ गते, बिहीबार
बर्दिवास । बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलगी हुँदा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएका छन्।
आज बिहान अचानक विद्युत् चुहावट भई आगलगी भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो।
70 Views