नेविसंघको महाधिवेशन गर्न दबाव दिँदै कांग्रेस पदाधिकारीलाई झण्डा
२०७८ माघ २७ गते, बिहीबार
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध विद्यार्थीहरुले महाधिवेशनको माग गर्न दबाव दिँदै पार्टी पदाधिकारीलाई झण्डा बुझाएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि विद्यार्थीहरुले नेविसंघको महाधिवेशन गर्न दबाव दिँदै महामन्त्री विश्वप्रकाश शर्मालाई झण्डा बुझाएका हुन् ।
विद्यार्थीहरुले सडकमा लाम लागेर नेविसंघको झण्डा बनाई नेताहरुलाई बुझाएका थिए । कांग्रेसमा पाँच वर्षयता नेविसंघको महाधिवेशन हुन सकेको छैन ।
65 Views