सभामुख सापकोटालाई राष्ट्रिय युवा संघ र अनेरास्ववियु काभ्रेले देखायो कालो झण्डा
काभ्रे । सभामुख अग्नि सापकोटालाई राष्ट्रिय युवा संघ काभ्रे र अनेरास्ववियु काभ्रेले संयुक्त रुपमा काभ्रेको धुलिखेलमा कालो झणडा देखाएर विरोध प्रदर्शन गरेको छ ।
सभामुख सापकोटालाई आज बिहान ९:३० बजे धुलिखेल चोकमा उनीहरुले कालो झण्डा देखाएका थिए । राष्ट्रिय युवा संघ काभ्रे र अनेरास्ववियु काभ्रेले एमसीसी खारेज, एमालेले कारबाही गरेका सांसदहरुलाई ।पदमुक्त नगरेको, सापकोटा फरार अपराधी भ्रएकाले उनलाई कारबाहीको माग गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेको हो ।
काभ्रेको सारथी होटलमा आयोजना गरिएको सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन जाँदै गर्दा सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो ।
विरोधपछि आन्दोलनकर्मी र सुरक्षाकार्मी बीच झडपसमेत भएको थियो । झडपमा नेकपा एमाले काभ्रेका युवा नेता विष्णु काभ्रेली, राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष, सागर रायमाझी, अनेरास्ववियु जिल्ला ईन्चार्ज शालिकराम पराजुली, अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतम र उपसचिव युवराज दाहाल घाईते भएका छन् । युवा विद्यार्थीले गरेको विरोधमा जिल्ला सुरक्षा समन्वय समितिले नेपाली सेनानै परिचालन गरेको थियो । कार्यक्रम पस्चात कोण सभामा राष्ट्रिय युवा संघ काभ्रेका संयोजक सागर रायमाझी र विद्यार्थी नेता सालिकराम पराजुली सम्बोधन गरेका थिए । सम्बोधनमा उनीहरुमाथी दमनका लागि नेपाल प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको थियो ।