मनोसामाजिक कार्यकर्ताका लागि मनोसामाजिक सहयोग सम्बन्धि पुनर्ताजगी तालिम संचालन
कपिलबस्तु । दाङ्गमा मनोसामाजिक कार्यकर्ताहरुका लागि मनोसामाजिक सहयोग सम्बन्धि पुनर्ताजगी तालिम संचालन भएको छ ।
होटल पौवा भालुवाङ्गमा आजबाट तालिम संचालन सुरु भएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजनामा सुरु भएको तालिम माघ २६–२९ गते सम्म संचालन हुने आयोजकले जानकारि गराएको हो ।
तालिममा १२ जिल्लाका मनोसामाजिक कार्यकर्ता, सामाजिक परिचालक, मनोविमर्शकर्ता, कार्यक्रम संयोजक तथा अधिकृतहरु गरि २८ जना सहभागि भएका छन ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको कपिलवस्तुको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा सुरु भएको तालिम भालुवाङ्गको होटल पौवामा संचालन भइरहेको छ । युनिसेफ नेपालका बाल संरक्षण अधिकृत माधव बराल, मनोविमर्शकर्ता विजय आचाय, सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरे, सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुका मनोविमर्शकर्ता शान्ति पण्डित, सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुका बाल संरक्षण अधिकृत अजय चौधरीको प्रशिक्षणमा तालिम संचालन हुने सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका बाल संरक्षण अधिकृत अजय चौधरीले बताउनुभयो ।
मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताहरु विभिन्न कारणहरुले बालबालिका, महिला तथा अन्य व्यक्तिहरुमा रहेका मनोसामाजिक समस्या न्युनिकरण गर्न मनोसामाजिक सहयोग वा मनोविमर्श सेवा प्रदान गर्ने उदेशयले तालिम संचालन गरिएको हो ।
तालिमको विषयवस्तुहरु यस्ता रहेका छन ।
१. मनोसामाजिक सहयोग अवधारण
२. मनोसामाजिक कार्यकर्ताहरुको काम कर्तब्य र भुमीका
३. मनोसामाजिक सहयोगको क्षेत्रमा प्रयोग हुने सिप, अमौखिम संचार सिप तथा बाधक तत्वहरु
४. आत्महत्या र यसलाई सम्हाल्ने सिपहरु
५. बाल संरक्षण र केश ब्यवस्थापन
६. लैगिंकतामा आधारीत हिंसा र सहयोग तथा सिफारीस प्रणाली
तालिम पश्चात गरिने कार्यहरु
१. मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताहरु विभिन्न कारणहरुले बालबालिका, महिला तथा अन्य व्यक्तिहरुमा रहेका मनोसामाजिक समस्या न्युनिकरण गर्न मनोसामाजिक सहयोग वा मनोविमर्श सेवा प्रदान गर्ने ।
२. जोखिममा रहेका बालबालिकाहरुलाई घटना व्यवस्थापन प्रकृयामा ल्यई सहयोग प्रणाली स्थापना गर्ने गराउने ।
३. स्थानिय सरोकारवालासंग बाल संरक्षण, लैङ्गिकता आधारित हिंसा तथा मनोसामाजिक सहयोग सम्बन्धि छलफल तथा अभिमुखिकरण गर्ने गराउने ।
४.बालसंरक्षण सम्बन्धि आनलाइन फारम समुदायको जानकार ब्यक्तिसंग अन्तवार्ता बारे छलफल