गैरसांसदलाई मन्त्री बनाएकोमा असन्तुष्टि जनाउँदै पूर्वलडाकु एमालेमा प्रवेश

२०७८ माघ २६ गते, बुधबार

सुर्खेत । माओवादीका एक पूर्वजनमुक्ति सेनाका सहायक कमाण्डर नेकपा एमाले प्रवेश गर्नुभएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कार्चेन लामाका सहयोगी कल्से रावल एमाले प्रवेश गर्नुभएको हो ।

गैरसांसदलाई मन्त्री बनाएकोमा उहाँको असन्तुष्टि छ । नेकपा माओवादी केन्द्रले देश र जनताको लागि भनेर गर्ने कार्य सवै भ्रम भएको र गैर संसदलाई मन्त्री बनाउन दवाव दिने यस्तो कार्यले गर्दा आफुले पार्टी त्याग्नु परेको रावलले बताउनुभयो । एमाले स्थायी कमिटी सदस्य गोरख वोगटीले उहाँलाईलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

वोगटीले भने, ‘एकताकै प्रक्रियाको रूपमा उहाँ आउनु भएको छ । पार्टीले उपयुक्त जिम्मेवारी दिन्छ ।’ ‘यत्तिका सांसद हुँदा हुँदै पनि माओवादीले कस्तालाई मन्त्री बनाए भन्ने कुरा थाहै छ ’एमाले रोजेका रावलले भन्नुभयो, ‘इमान्दारीपूर्वक राजनीति गर्ने र देश र जनताको सेवामा समर्पित हुन एमाले रोजेको हो ।’

94 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal