बाणगंगाको जितपुरमा न्यु बाणगंगा ट्रेडर्सको शुभारम्भ
२०७८ माघ २५ गते, मंगलवार
कपिलवस्तु, २५ माघ । कपिलवस्तु जिल्लाको बाणगंगा १ जितपुर न्यु बाणगंगा ट्रेडर्स सञ्चालनमा आएको छ । सुपथ मुल्यमा यस क्षेत्रका सेवाग्राहीलाई सेवा दिने उदेश्य राख्दै न्यु बाणगंगा ट्रेडर्स सञ्चालनमा आएको हो ।
सोमबार एक कार्यक्रमका बिच कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे र सघंका निबर्तमान अध्यक्ष उमानाथ पौडेलले न्यु बाणगंगा ट्रेडर्सको संयुक्त रुपमा उद्यघाटन गरेका छन् ।
घरमा आवश्यक पर्ने घरायसी किराना सामानहरु एकै ठाउबाट दिने उदेश्यका साथ ट्रेडर्स सञ्चालनमा ल्याइएको प्रोपाइटर रवि किरण न्यौपानेले जानकारी दिनु भयो । होटेल एडि छेउमा सञ्चालनमा आएको ट्रेडर्सलाई यस क्षेत्रकै सस्तो पसलका रुपमा काम गर्ने उनले बताए ।
124 Views