एमालेका संगठित सदस्य दिवंगत न्यौपानेको स्मृतिमा शोक सभा सम्पन्न

२०७८ माघ २५ गते, मंगलवार

हरि आचार्य, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संगठित सदस्य एवं समाजसेवी दिवंगत खिमानन्द न्यौपानेको स्मृतिमा शोक सभा सम्पन्न गरिएको छ । नेकपा(एमाले) का केन्द्रिय सदस्य एवं पशुपंक्षी बिभाग प्रमुख गिरधारीलाल न्यौपाने, पूर्व कपिलवस्तु जिल्ला सचिवालय सदस्य राधेश्याम न्यौपाने, पूर्व कपिलवस्तु जिल्ला सल्लाहकार परिषद सदस्य चुरामणी न्यौपाने, अर्घाखाँची पाणिनी गाउँ पालिका वडा नं.–५ वडा कमिटीका उप–सचिव लिलापति न्यौपाने र नेकपा (एमाले) का संगठित सदस्य ईश्वरी प्रसाद न्यौपानेका पिता स्व. खिमानन्द न्यौपानेको निधनको ७ औँ दिनको स्मृतिमा शोक सभा गरिएको बताईएको छ । नेकपा (एमाले) अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं. ५ वडा कमिटीको आयोजनामा सम्पन्न शोक सभामा दिवंगत न्यौपानेको पार्टी प्रतिको योगदान तथा उहाँले गरेका सामाजिक कार्यहरुको स्मरण गर्दै पार्टीका नेता तथा कार्यकर्ताले गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

शोक सभामा नेकपा (एमाले) का केन्द्रिय सचिव टोप बहादुर रायमाझी र पोलिट्ब्युरो सदस्य बिमला घिमिरेले शोक मन्तब्य राख्दै कम्युनिष्ट आन्दोलन सफल भएमा मात्रै दिवंगत न्यौपानेले गरेको पार्टी प्रतिको योगदानको कदर हुने बताउनुभएको थियो । उहाँहरुले दिवंगत न्यौपानेको त्याग र संघर्षको पार्टीले सधै उच्च कदर गर्ने बताउनुभयो ।

शोक सभा कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय सदस्य एवं कपिलवस्तु ईञ्चार्ज बलराम अधिकारी, अर्घाखाँची जिल्ला ईञ्चार्ज चन्द्र बहादुर खडका (उज्ज्वल), कपिलवस्तु अध्यक्ष डम्मर शर्मा, अर्घाखाँची अध्यक्ष पिताम्बर भुसाल, प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य रामजी घिमिरे, प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण पौडेल, पुर्व जिल्ला सचिवालय सदस्य एवं नेकपा (एमाले) का युवा नेता बिश्व कार्की, पार्टीका जिल्ला कमिटि सदस्य कमल क्षेत्री (आई.एम.ई.), उमानाथ पौडेल, अनेरास्ववियु कपिलवस्तु संयोजक दयाराम पौडेल, लगायत पार्टीका अर्घाखाँची र कपिलवस्तुका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । वडा कमिटीका अध्यक्ष ईन्द्रमणी घिमिरेको अध्यक्षता, पाणिनी गाउँपालिका कमिटीका उपाध्यक्ष जिवलाल घिमिरेको संचालनमा शोक सभा सम्पन्न भएको हो । स्व. न्यौपानेको ८१ बर्षको उमेरमा यहिं माघ १० गते निधन भएको थियो ।

417 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal