बाजुरामा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गयो
२०७८ माघ २५ गते, मंगलवार
बाजुरा । बुढीनन्दा नगपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
बँदेलको आक्रमणबाट बुढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टको ज्यान गएको हो ।
हिजो दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।
घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजाने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।
65 Views