अग्नि सापकोटाविरूद्ध महाअभियोग, कांग्रेसमा सुरू भयो हस्ताक्षर अभियान

२०७८ माघ १८ गते, मंगलवार

काठमाडौँ । सरकारसँग परमर्शबिनानै सभामुख अग्नि सापकोटाले पटक पटक संसद बैठक स्थगित गरेपछि परमादेशको बलमा सत्तारूढ बन्न पुगेको नेपाली कांग्रेसले महाअभियोग ल्याउने तयारी गरेको छ । प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गर्दा सभामुख सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र कुरा सुनेको सरकारको आरोप छ । सभामुखले सरकारसँगको परमर्शमा अघि बढ्नुपर्नेमा नियुक्तिको समयदेखि नै माओवादीसँगको परामर्शमामात्रै चल्दै आएका छन ।

प्रचण्डको भूमिका दोहोरो देखिएको भन्दै प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत संशक्ति बनेका छन । उनले रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्र र आफूसँगको कुराकानीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन |(एमसीसी) पारित गर्ने विषयमा सहमति जनाउने र सभामुखको कान फुकेर सरकारको परमर्शबिनै संसद बैठक स्थगित गरेको भन्दै आफू निकटका नेतासँग असन्तुष्टि जनाएका छन ।

संसदका लागि काम दिने सरकारले भएकाले सरकारले नै काम नदिन सकेको अवस्थामा उसैको आग्रहमा संसद स्थगित गर्ने प्रचलन रहेको थियो । सापकोटाले पदिय हैसियतभन्दा बाहिर गएर काम गर्न थालेपछि कांग्रेसले आफ्ना सांसदको खाली कागजमा हस्ताक्षर संकलनको काम पनि सुरू गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको पुगेका सांसदहरूको हस्ताक्षर खाली कागजमा संकलन सुरू गरिएको छ । सभामुखविरूद्धको महाअभियोगमा एमालेले पनि साथ दिने संकेत प्रधानमन्त्रीलाइ दिएको छ । सभामुखले एमाले विभाजनका लागि भूमिका खेलेको भन्दै संसदमा निरन्तर बिरोध गर्दै आएको छ । एमालेले संसद बैठकमै सभामुख सापकोटाको निरन्तर राजिनामा माग गर्दै आएको छ ।

59 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal