मधेस प्रदेशको दोश्रो चौमासिक एक महिना बाँकी रहँदा बजेट खर्च कम
![](https://samriddi.com/wp-content/uploads/2022/02/pradesh2.jpg)
काठमाडौं । मधेस प्रदेश सरकारले दोश्रो चौमासिक सकिन एक महिना बाँकी रहँदा विकास निर्माणको बजेट साढे ७ प्रतिशत खर्च गर्न सकेको छ ।
प्रदेश अर्थ मन्त्रालयले पेश गरेको विवरण अनुसार सरकारले चालु खर्चतर्फ २१.९५ प्रतिशत र पुँजीगततर्फ ७ दशमलव ५ प्रतिशत खर्च गर्न सकेको हो ।
पूँजीगततर्फ सबैभन्दा कम उद्योग, पर्यटन तथा वन मन्त्रालयले १ दशमलव ५५ प्रतिशत र सबैभन्दा बढी अर्थ मन्त्रालयले ३२ दशमलव १० प्रतिशत खर्च गरेका छन् ।
त्यस्तै, मुख्यमन्त्री कार्यालयले २ दशमलव ५५ प्रतिशत, खानेपानी तथा उर्जा विकास मन्त्रालयले ११ दशमलव ५७, भूमि व्यवस्था, कृषि तथा सहकारीले ६ दशमलव ३, आन्तरिक मामिला तथा सञ्चार ३ दशमलव प्रतिशत खर्च गरेका छन् ।
तलब, भत्ता, इन्धन सहितका प्रशासनिक खर्चतर्फ सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ५ दशमलव ४ प्रतिशत र सबैभन्दा बढी आन्तरिक मामिला तथा कानून मन्त्रालयले २९ दशमलव ७ प्रतिशत खर्च गरेका छन् ।
प्रदेशका कुल ११ वटा मन्त्रालयमध्ये कानून, न्याय तथा प्रदेश सभा मामिला र वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले बजेट नै खर्च गर्न सकेका छैनन् ।