दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम

२०७८ माघ १८ गते, मंगलवार

काठमाडौं । सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले जानकारी दिनुभयो ।

यसअघि दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । बैठकले दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरेसँगै १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपियाँले दुधको मूल्य वृद्धि भएको हो ।

65 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal