भीम रावलको पीएचडी नक्कली: बाबुराम भट्टराई

२०७८ माघ १८ गते, मंगलवार

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाले नेता डाक्टर भीम रावलको पीएचडी नक्कली हो कि भनेर आशंका गरेका छन्। गएराति सामाजिक सञ्जालमा लेख्दै आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीलाई पुष्टी गर्न चेतावनी दिंदै नक्कली पीएचडीको संज्ञा दिए।

‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ’, डा भट्टराईले लेखेका छन्। उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैनरु कि यी नक्कली पीएचडी हुन्रु’

भट्टराईले आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न रावललाई चुनौती दिए। एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई हिजो लेखेको स्मृति पत्रमा भनिएको छ, ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो। वास्तवमा प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ।’

यस्तो आरोप लागेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा भट्टराईले त्यसको स्रोत, मिति र स्थान खुलाउन नेता रावललाई चुनौती दिएका हुन्।

53 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal