पूूर्वसांसद थापाको निधन

२०७८ माघ १७ गते, सोमबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वसांसद दुमनसिंह थापाको निधन भएको छ ।

पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति निधन भएको हो । मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममा निधन भएको हो ।

थापा संविधान सभा सदस्यमा नेकपा एमाले अर्घाखाँचीबाट निर्वाचित हुनुभएको थियो । माधव नेपालले समाजवादी पार्टी खोलेपछि उहाँ उक्त पार्टीमा लाग्नुभएको थियो ।

64 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal