कपिलवस्तुका बालवालिकाले आजदेखि दोश्रोडोज खोप पाउने

२०७८ माघ १६ गते, आईतवार

कपिलवस्तु । कपिलवस्तुमा आज देखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीहरुलाई कोभिड १९ विरुद्धको खोप लगाईने भएको छ । यस अघि कोभिड १९ विरुद्धको मोर्डना खोप लगाएका किशोर किशोरीहरुलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले भने खोप लगाउन नपाउने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनु भयो । जिल्लाका करिब ७४ हजार किशोर किशोरीहरुलाई खोप लगाउन लगाईएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार जिल्लामा रहेका पालिकाहरुले आफुलाई सहज हुने मितिमा खोप लगाउन सक्ने छन । विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन् ।खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ । बाणगंगा नगरपालिकाका वडा नं. ३, ६ र १० मा १२ देखि १७ उमेर समूहका किशोर किशोरीहरुलाई आईतबारबाट खोप लगाउने कार्यक्रम रहेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनु भयो । बाणगंगामा १२ देखि १७ उमेर समूहका १२ हजार बढी किशोर किशोरीहरुलाई खोप लगाउने तयारी रहेको उहाँले बताउनु भयो ।

80 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal