जनमोर्चा विभाजित भएपछि सत्ता गठबन्धनमा खैलाबैला
काठमाडौँ । सत्ता गठबन्धनमा संलग्न नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा औपचारिक रुपमा विभाजन भएपछि सत्ता गठबन्धनमा हलचल पैदा भएको छ ।
केही दिन अघि राष्ट्रियसभामा एक सिट हात पारेको जनमोर्चाले सत्ता गठबन्धन टुटाउनु हुदैन निरन्तरत दिनु पर्छ भन्दै अभि व्यक्ति दिएका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी निरास भएपछि गठबन्धनमा हलचल भएको हो ।
मोहन विक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै कृष्णराज पौडेलको नेतृत्वमा विद्रोह भएको हो ।
राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको विशेष राष्ट्रिय भेलाले पौडेललाई केन्द्रीय समन्वय समितिको अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी चयन भएका छन् ।
महासचिवमा लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की चयन भएको बताइएको छ । विशेष राष्ट्रिय भेलाले ५१ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेको छ । यसअघि मसालबाट विद्रोह गरेको एउटा समूह माओवादीमा समाहित भएको थियो ।