अफगानिस्तानका पूर्व अधिकारीले भ्रष्टाचार गरेको सम्पत्ति जफत गर्न प्रस्ताव

२०७८ माघ १६ गते, आईतवार

एजेन्सी । संयुक्त राष्ट्र सङ्घको अफगानिस्तान मिसनले अफगानिस्तानका पूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ ।

टोलो न्युजले स्थानीय अधिकारीलाई उदृत गर्दै लेखेको छ, ‘अफगान नागरिकहरूले नेसेर अहमद फैकको प्रस्तावको प्रशंसा गरेका छन् । अफगानिस्तानका धेरैजसो पूर्व सरकारी अधिकारीहरू भ्रष्टाचारमा संलग्न रहेका र अहिले देशमा आर्थिक सङ्कट रहेका समय विदेशमा विलासी जीवन बिताइरहेका छन् ।’

अफगानिस्तानमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा नेसेर अहमद फाइकले भन्नुभयो, ‘म अफगानिस्तानमा यस पहिले भ्रष्टाचार र अन्तर्राष्ट्रिय सहायताको दुरुपयोग गर्दै भूतपूर्व सरकारी अधिकारीहरूको विदेशी खातामा अवैध रूपमा जम्मा गरिएका सबै अफगान सम्पत्ति जफत गर्न अनुरोध गर्छु ।’

‘तिनीहरूलाई जवाफदेही ठहराउनै पर्छ । २८ लाख मानिसहरू भोकभोकै छन् र आमाहरू बाँच्नैका लागि आफ्ना छोराछोरीलाई बेच्ने गरेका भनाइहरू बाहिरिएका छन्, यो उचित होइन । तर भ्रष्ट पूर्व सरकारी अधिकारीहरू युरोप र अमेरिकाका विभिन्न देशहरूमा विलासी घर तथा भवनहरूमा बस्छन्’ उहाँले भन्नुभयो ।

भ्रष्ट पूर्व अधिकारीहरूलाई शरण नदिन अन्तर्राष्ट्रिय समुदायलाई उहाँको आग्रह छ ।

65 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal