प्रतिनिधिसभाको बैठक १० दिन पछि सर्यो
२०७८ माघ १६ गते, आईतवार
काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछि सरेको छ ।
आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सार्नुभएको हो ।
66 Views