एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै

२०७८ माघ १५ गते, शनिबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज दिउँसो बस्ने भएको छ ।

बैठक भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा आज दिउँसो ३ बजे बस्ने भएको छ । कोभिड रोकथामको सतर्कता अपनाएर बैठक बस्ने भएको छ । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशन/सम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ । यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशन/सम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।

63 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal