वीरगञ्जमा कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका २ संक्रमितको मृत्यु

२०७८ माघ १५ गते, शनिबार

वीरगञ्ज । पर्सामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवैजना पुरुष रहेका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतीनगर का ७३ बर्षीय पुरुषको आज बिहान ४ः३० बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।

स्वाश प्रश्वासमा समस्या भएपछि माघ १४ गते एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

संक्रमितको अवस्था झन जटिल बन्दै गएपछि भेन्टीलेटरमा राखेर उपचार भईरहेकोमा आज बिहान मृत्यु भएको डाक्टर सिंहले बताए ।
मृतक पुरुषले यसअघि कोरोना संक्रमण विरुद्धको कोभिसिल्ड खोपको दुई डोज समेत लगाएका थिए ।

यस्तै नारायणी अस्पतालमै बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि माघ १४ गते एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको र आज बिहान ७ः३० बजे उपचारको मृत्यु भएको हो ।

मृतक पुरुषले यस अघि कोरोना संक्रमण विरुद्धको भेरोसेल खोपको दुई डोज समेत लगाएका थिए । कोरोनाको तेस्रा लहरमा हालसम्म वीरगञ्जमा ६ जनाको मृत्यु भएको ।

हाल वीरगञ्जको नारायणी अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । जसमध्ये ६ जनाको अवस्था गम्भिर रहेको कोभिड संयोजक डा सिंहले बताए ।

तेस्रो लहरमा मृत्यु भएका ६ जनामा नै कोभिड निमोनिया दिएकोले वीरगञ्जमा ओमिक्रोन संगसंगै डेल्टा भेरिएन्टको संक्रमण पनि हुनसक्ने चिकित्सकहरुले आशंका गरेका छन्

59 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal