परिवर्तनको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय: प्रचण्ड

२०७८ माघ १५ गते, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजको अग्रगामी परिवर्तन र प्रतिगमनविरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताएका छन्।

प्रेस सेन्टर नेपालको १८औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले आगामी दिनमा पनि समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउने विश्वास व्यक्त गरेका छन्।

प्रचण्डले भनेका छन्‚ ‘प्रेस सेन्टर नेपालका संस्थापकहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति, प्रतिस्ठान, एशोसिएट, विदेश शाखाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू, प्रेस सेन्टरका सम्पूर्ण सदस्य र सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त नेपाली समाजको अग्रगामी परिवर्तन र विगत प्रतिगमनविरुद्ध को आन्दोलन मा प्रेस सेन्टरको भुमिका उल्लेखनीय रहेको छ।’

60 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal