गुर्जुधारा यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमण

२०७८ माघ १४ गते, शुक्रबार

काठमाडौं । बागमती प्रदेशका श्रम,रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइललाई डिजिटलाईजेशन गर्न निर्देशन दिनुभएको छ ।

शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयमा रहेका अस्तव्यस्त फाइलले ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताउनु भएको हो ।

मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल सो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइल अनलाइनमा परिणत गर्नुपर्ने उहाँले बताउनु भयो ।

यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाई पनि रुपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्ने उहाँको तर्क छ ।
यातायात कार्यालयमा बिचौलियाका कारण इमान्दार कर्मचारीले पनि दोष पाइरहेको बताउँदै उहाँले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन समेत सचेत गराउनु भएको छ ।

74 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal