संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य: नेता थापा
२०७८ माघ १४ गते, शुक्रबार
काठमाडौँ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरीत प्रतिगामी कार्य हुने बताएका छन ।
आज सामाजिक सञ्जाल ट्विटरमार्फत ट्विट गर्दै नेता थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरीत प्रतिगामी कार्य हुनेछ बताएका हुन ।
उनले भनेका छन, “संविधानमा तिन तहको सरकारको व्यवस्था छ।कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन । यही मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो । कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरीत प्रतिगामी कार्य हुनेछ” ।
63 Views