देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

२०७८ माघ १४ गते, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समावजादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा राष्ट्रियसभा निर्वाचनको समीक्षा भएको साथै स्थानीय तह निर्वाचनका विषयमा पनि छलफल भएको बताइएको छ ।

80 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal