कर्णाली प्रदेश सभा सर्वसाधारणको लागि खुला

२०७८ माघ १४ गते, शुक्रबार

काठमाडौं । कर्णाली प्रदेश सभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । अबदेखि हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि कर्णाली प्रदेश सभा खोलिनेछ । प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

सर्वसाधारणको लागि प्रदेश सभा खुल्ने भएपछि प्रदेश सभा के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो हुनछ भन्नेबारे सर्वसाधारण नागरिकले प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन् । देशका सातवटा प्रदेश मध्ये सर्वसाधारण नागरिकलाई संसद अवलोकनको सुविधा लिन लागेको कर्णाली पहिलो प्रदेश हो ।

64 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal