इरान एसियाबाट कतार विश्वकपमा छनोट हुने पहिलो टिम
२०७८ माघ १४ गते, शुक्रबार
![](https://samriddi.com/wp-content/uploads/2022/01/iran-world-cup-qualify.jpg)
एजेन्सी । इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीवार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो ।
इरानको जितमा मेहदी तरेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितसंगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत समूह ए मा ७ खेलबाट १९ अंक बनाउदै अपराजित इराक शीर्षस्थानमा छ ।
दोस्रो स्थानको साउदीको १७ अंक छ । एसिया छनोटको तेस्रो चरणमा दुई समूह बिभाजन गरिएको छ । दुबै समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुनेछन् ।
तेस्रो मध्येको एक टोलीले भने अन्तरमहादेशीय प्लेअफ खेल्दै विश्वकपको बाटो तय गर्नेछ ।
84 Views