ट्याक्टरले किचेर बालकको घटनास्थलमै मृत्यु
२०७८ माघ १३ गते, बिहीबार
काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका–९ बडहर्वामा आज बिहान ट्याक्टरले किचेर एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
रोकी राखेको अन टेस्ट ट्याक्टर आफैं गुडेर स्थानीय सनोज कुमार यादवका ४ वर्षीय छोरा यशलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लक्ष्मीनीयाले जानकारी दिएको छ ।
68 Views