आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनमा आज मनाङ र आर्मी खेल्दै

२०७८ माघ १३ गते, बिहीबार

काठमाण्डौ । आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल पुलिस क्लबलाई हराएर र आर्मीले थ्रीस्टार क्लबलाई पराजित गरी अन्तिम चारमा पुगेको हो ।

आजको विजेताले पर्सि शनिबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग उपाधिका लागि खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई हराएर एपीएफ उपाधि नजिक पुगेको हो । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

67 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal