बिप्लवका प्रभावशाली नेताले रोजे एमाले

२०७८ माघ १३ गते, बिहीबार

दाङ । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका प्रभावशाली नेता एमाले प्रवेश गरेका छन । एमाले महासचिव शंकर पोखरेल गृहजिल्ला दाङ आएको बेला बिप्पलव समुहका प्रभावशाली नेता सहदेब थारु बिहानी एमाले प्रवेश गर्नुभएको हो ।

घोराही १४ निवासी थारुलाई एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले अविर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । महासचिव पोखरेलसँगै अन्य नेताहरुले पनि उहाँलाई एमालेमा स्वागत गर्नुभएको छ । नेपाली कम्युनिष्ट आन्दोलन र समृद्धीको अभियानमा सघाउन आफू एमाले रोज्न पुगेको थारुले बताउनु भयो ।

‘एमालेबाहेक अरु दलबाट मुलुकको उन्नती संभव छैन भन्ने तथ्यहरु प्रष्ट भइसकेपछि अरु दलतिर बसिरहनुको औतित्य छैन भनेर नै यो पार्टी रोजेको हो,’ एमाले प्रवेश गरेपछि थारुले भन्नुभयो

51 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal