पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

२०७८ माघ १२ गते, बुधबार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुना (५५७१ पीसीआर र ६८१० एन्टीजेन) परीक्षण गर्दा ८ हजार ४५४ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ । त्यस्तै, गत २४ घण्टामा ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

64 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal